एकजना उम्मेदवार बिरुद्ध मात्र दावि बिरोध

काठमाण्डौं,७ कार्तिक ।

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवार विरुद्ध परेको दाबी विरोध उपर आज छानबिन हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार छानबिनपछि आजै नामावली प्रकाशन गरिनेछ । त्यसपछि भोली उम्मेदवारहरुले नाम फिर्ता लिन चाहे फिर्ता लिन सक्नेछन् ।

कार्तिक ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । चुनाव चिन्ह पाइसकेपछि दलहरु चुनावी अभियानमा लाग्न सक्ने आयोगले जनाएको छ । हिजो आयोगले दावि विरोधको लागि समय दिएको थियो । पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता भएका ३२ जिल्लामध्ये एकजना बिरुद्ध मात्र दावि बिरोध परेको छ । ३२ जिल्ला मध्ये नुवाकोट जिल्लामा प्रतिनिधि सभा सदस्यका लागी मनोनयन दर्ता गराउनुुभएका नेपाली कांग्रेसका रमेशकुमार महत बिरुद्ध मात्र दावि विरोध परेको निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणमा आगामी मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ आइतबार मनोनयन दर्ता भएको थियो ।

प्रकाशित मिति : २०७४ कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया