काठमाण्डौं,६ कार्तिक ।
निर्वाचन आयोगले मनोनयमा परेका उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकेको छ । पहिलो चरणमा ३२ वटा जिल्लामा मंसीर १० गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको लागी हिजो उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । उम्मेदवार विरुद्ध आज विहान १० बजेदेखि बेलुका ५ बजेसम्म उजुरी दिन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ ।
उम्मेदवारविरुद्ध परेका उजुरीको बारेमा अनुसन्धान गरेर भोली दिउँसो ३ बजे थप निर्णय लिईने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । कार्तिक ८ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवार फिर्ता लिने समय निर्वाचन आयोगले तोकेको छ । सोही दिन दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावाली सार्वजनिक गरिने पनि प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७४ कार्तिक ६ गते सोमवार