दाङ, कार्तिक ६ ।
पहिलो चरणको निर्वाचनका लागि साविक राप्तीमा नेकपा एमाले निल हुने भएको छ । बाम गठबन्धनकोतर्फबाट भागबण्डा गर्दा साविक राप्तीका रोल्पा, पूर्वी रुकुम र पश्चिम रुकुममा माओवादी केन्द्रको भागमा सबै सिट परेपछि नेकपा एमाले निल भएको हो । यता केन्द्रीय तहमा गरिएको भागबण्डाप्रति जिल्ला तहमा असन्तुष्टि पैदा भएको छ । रोल्पा र रुकुमका कमिटीहरुले आफूहरुलाई केन्द्रले अन्याय गरेको प्रतिक्रिया दिएका छन् ।
नेपाली कांग्रेस
रोल्पा
प्रतिनिधि सभा-अमरसिंह पुन
प्रदेश सभा-शेखरबहादुर महरा (क)
खगेन्द्रप्रसाद हमाल (ख)
रुकुम पश्चिम
प्रतिनिधि सभा-गोपालजीजंग शाह
प्रदेश सभा-गंगाराम गौतम(क)
खड्कबहादुर डाँगी (ख)
रुकुम (पूर्वी क्षेत्र)
प्रतिनिधि सभा-हरिशंकर घर्तीमगर
प्रदेश सभा-दूतकुमार पुन (क)
दत्तबहादुर बस्नेत (ख)
संयुक्त बामपन्थीको तर्फबाट माओवादी केन्द्र
रोल्पा
प्रतिनिधि सभा-वर्षमान पुन
रुकुम (पूर्व)
प्रतिनिधि सभा-कमला रोका
रुकुम (पश्चिम)
प्रतिनिधि सभा-जनार्दन शर्मा
संघीय सभातर्फ-माओवादी केन्द्र
रोल्पा
(क) कुलबहादुर केसी (ख) दीपेन्द्र पुन
रुकुम (पश्चिम) (क) गोपाल शर्मा (ख) रातु कामी
रुकुम (पूर्व) (क) तेजबहादुर ओली (ख) पूर्णबहादुर घर्ती