पत्रकारले लोक संस्कृति जोगाउनु पर्छ

तुलसीपुर, ३ कात्तिक /

प्रहरी अतिरित्त महानिरक्षक मिङमार लामाले संस्कृति जोगाउन प्रत्रकारहरुको भूमिका महत्व पूर्ण हुने वताउनु भएको छ तलसीपुर स्थित लामाको निवासमा भैलो खेल्न गएको पत्रकारहरुको टोलीसंग कुरा गर्दै लामाले हाम्रा परम्परागत लोक संस्कृति लोप हुन लागेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले संचार माध्यमले नै पैरवी गर्नु पर्ने सुझाव दिनुभयो । पश्चिमा आधुनिक बाजाले नेपाली सोरठ्ठी मादल, पैजन , खैजडी जस्ता लोक बाजाहरु समेत हराउन थालेकाले हाम्रा संस्कृति जोगाउन हामी आफै लाग्नु पर्नेमा जोड दिनुभयो ।

 

 

प्रकाशित मिति : २०७४ कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया