श्रेष्ठको घरबाट झन्डै दुई लाख नगद सहित पाँच जना जुवाडे पक्राउ

सांकेतिक तस्विर

दाङ,२३ मंसीर । प्रहरीले झन्डै दुई लाख नगद सहित पाँच जना जुवाडेलाई पक्राउ गरी सर्वाजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका अनुसार देवचुली १४ साहाराचोक बस्ने ४४ बर्षिय सुरेन्द्र श्रेष्ठको घरबाट मंगलवार बेलुकी साढे पाँच बजे उनीहरुलाई पक्राउ गरीएको हो । विशेषसुचनाको आधारमा गएको प्रहरीको टोलीले घरधनी ४४ बर्षिय सुरेन्द्र श्रेष्ठ, सोहि ठाउँका ५३ बर्षिय खेमलाल रिजाल, ४३ बर्षिय युवराज न्यौपाने, २० बर्षिय ओम प्रसाद पौडेल र वडा नम्वर १३ बस्ने ६१ बर्षिय कृष्ण बहादुर थापा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट एक लाख एकासी हजार सात सय पाँच रुपैया नगद र तिन बुक तास बरामद गरिएको हो । पक्राउ परेकाहरु माथी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार
प्रतिक्रिया