वकालतका विभिन्न बिषयमा तालिम

तुलसीपुर,२ कार्तिक ।
एफजेएच को आर्थिक सहयोग तथा दलित महिला संघ जिल्ला शाखा दाङको आयोजनामा वकालतका लागी कार्ययोजना निर्माण सम्वन्धि २ दिने तालिम घोराही ११ हापुर बिजौरीमा सम्पन्न भएको छ । एकिकृत कार्यगत सञ्जालका संयोजक शान्ति चौधरीको अध्यक्षता तथा वडा नं. १२ का वडा अध्यक्ष राजेन्द्र बहादुर बुढाको प्रमुख आतिथ्यता एवंम ११ नम्बर वडाकी दलित महिला सदस्य बिमला गन्र्धबको बिशिष्ट आथ्यितामा तालिमको समापन गरीएको थियो ।

सो अवसरमा वकालतका विभिन्न बिषयमा प्रसिक्षण दिदै हापुर बिजौरीमा रहेका बिभिन्न सवालहरुलाइ अन्त्य गर्दै योजना निमार्ण गरिने कार्यक्रम सँयोजक पोषण सेन्चुरीले बताउनुभयो । ंसमापन कार्यक्रममा सहभागीहरु जितबहादुर बिक,आसा नेपाली,रिता नेपाली, अमृता बिक लगाएतकाले बोल्नुभएको थियो । तालिमको प्रशिक्षकमा निर्मल नेपाली रहनुभएको थियो भने कार्यक्रमको सहजिकरण सामाजिक परिचालक जानकी बिकले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ कार्तिक २ गते बिहिवार
प्रतिक्रिया