तुलसीपुरमा छुट्टाछुट्टै सवारी दुर्घटना हुदा चालकको मृत्यु, एक जना घाइते

सांकेतिक तस्विर

तुलसीपुर, १९ मंसीर । तुलसीपुरमा छुट्टा छुट्टै भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरबाट जस्पुर जादै गरेको रा १ ह २९११ नम्बरको अटो गएराती ११ बजे दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक तुलसीपुर उपमहानगरपालिका १२ बस्ने ३५ वर्षीय गंगाराम केसी रहेका छन् । अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तैगरी मोटरसाइकले पैदल यात्रुलाई ठक्कर दिदा एक महिला घाइते हुनुभएको छ । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका १८ मानपुर बस्ने ६३ वर्षीया हरीकला खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । आईतवार दिउँसो १२ बजेको समयमा घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ५ प ३०६५ नम्बरको मोटरसाइकलले बिजौरीमा ठक्कर दिएको प्रहरीले बताएको छ । घाइते खत्रीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार
प्रतिक्रिया