जापान जान लागेका ३४ जना नेपालीलाई मलेसियाबाट फकाईयो

फाइल फोटो

काठमाण्डौ, १९ मंसीर । नेपालबाट जापान जान लागेका नेपाली नागरिकहरुलाई मलेसियाबाट फकाईएको छ । मलेसिया हुँदै जापान लागेका ३६ जना नेपाली मध्ये ३४ जनालाई नेपाल फकाईएको छ । नेपाली राजदूतावास जापानको पहलमा दुई जना जापान जान पाएपनि अन्य ३४ जनालाई मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको थियो । त्यसपछि अलपत्र परेका उनीहरुलाई नेपाल फकाईएको बताईएको छ ।

जापान सरकारले हाल नयाँ संक्रमण ओमिक्रोन देखीए संगै प्रवेशमा कडाई गरेपछि उनीहरुलाई रोक लगाईएको हो ।मलेसियामा अलपत्र परेका यात्रुहरुलाई नेपाल सरकारका विभिन्न निकायहरुका अतिरिक्त हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, मलेसिया एयरलाइन्स तथा जापान स्थित नेपाली राजदूतावास र मलेसियास्थित जापानी राजदूतावासको समन्वयमा नेपाल फकाईएको विभिन्न संचार माध्यमले समाचार लेखेका छन् ।

पछिल्नो समय जापानले फेरी कडाई गरेकाले आवश्यक जाँचबुझ गरेर मात्रै यात्रा गर्न दुतावासले आग्रह गरेको छ । नेपालीहरु जापान जानका लागी मलेसिया ट्रान्जिट बन्ने गरेको छ । मलेसिया ट्रान्जिटका क्रममा केही समस्या भएमा नेपाली राजदूतावास मलेसियाको हटलाइन ६०१६२४७२७७७ मा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार
प्रतिक्रिया