हत्या अभियोग लागेका तुलसीपुरका ठकुरी सहित चार जनालाई जन्मकैदको फैसला

सांकेतिक तस्विर

तुलसीपुर, १८ मंसीर । दाङ देउखुरी जिल्ला अदालतले हत्या आरोपमा पक्राउ परेका तुलसीपुरका विवेकसिंह ठकुरी (विक्की) सहित चार जनालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले ठकुरी सहित सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो ।तुलसीपुर १२ उरहरीका रामबहादुर वलीको हत्या आरोपमा पक्राउ परेका उनीहरुलाई दोषी ठहर गदै उक्त फैसला सुनाईएको छ । २०७६ साल असार २८ गते उरहरीमा ठकुरीको समुहले खुकुरी प्रहार गर्दा वलीको हत्या भएको थियो ।

सोही घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका शुभम मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ बर्ष कैद सजाय सुनाइएको छ ।अभियुक्त ठकुरीले यस अघि २०६९ मंसिर ३० गते दाङको मोतिपुरका जितबहादुर चौधरीमथि गोली प्रहार गरि हत्या गरेका थिए । त्यतिबेला १५ वर्ष मात्रै उमेर भएकाले ठकुरीलाई अदालतले सुधारगृह पठाएको थियो ।तर उनी सुध्रिनुको साटो उल्टै विभिन्न समयमा अपराधिक गतिविधिमा संलग्न हुदै आएका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार
प्रतिक्रिया