दाङबाट सुन चोरेर भागेका सल्यानमा पक्राउ

तुलसीपुर, १ कात्तिक
दुई तोला सुन सहित सल्यनमा एक युवक पक्राउ परेका छन् । दाङबाट सुन चोरेर भागेका कुमाख मालिका गाउँपालिका ४ निवासी ३३ बर्षका धनविर सुनारलाई प्रहरीले श्रीनगर बजारबाट पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा २.९९२ तोला सुन सहित सुनारलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरिक्षक बहादुर विकले जानकारी दिनुभयो ।  दाङको गढवा बजार स्थित राजेश सुनचाँदी पसलबाट ढाइ तोल सुन चोरेर सुनार मंगलबार भागेका थिए । आरोपीले १८ लाल सुन विक्री गरेको प्रहरीलाई बयान दिएका छन् । सुनार केहि समय देखि सोही पसलमा कालीगर्डका रुपमा काम गर्दै आएका थिए । आरोपीले ढाई तोला सुन चोरी गरेको पिडितले प्रहरीमा उजुरी दिएका छन् ।

प्रकाशित मिति : २०७४ कार्तिक १ गते बुधवार
प्रतिक्रिया