अञ्चल अस्पतालमा विसिजी खोपको अभाव

बसन्त परियार,

तुलसीपुर ३१ असोज । बच्चाले पहिलो पटक लगाउने बिसिजि खोपको सीरीञ्जको अभाव भएपछि अञ्चल अस्पताल तुलसीपुर आउने सुत्केरी महीलाहरु फर्किने गरेका छन । एक महिना सम्म जिल्ला जनश्वास्थ्य कार्यालय दाङले सिरिन्ज नपठाएको हुदा अभाव भएको अस्पतालले बताएको छ । तुलसीपुर १२ निवासि गोमा नेपाली खोप लगाउन अस्पताल आउनुभयो तर खोप नलगाएर उहा फर्किनुभयो । झण्डै एक महिना देखि गोमा जस्तै धेरै सुत्केरी महिलाहरु पहिलो पटक खोप लगाउन बच्चा बोकेर अस्पताल सम्म आउने र फर्किने गरेका छन । तर अस्पतालले भने जिल्ला जनश्वास्थ्य कार्यालय दाङले अस्पतालमा सिरिञ्न नपठाउदा अभाव भएकोे बताएको छ । अस्पतालका निमित्त प्रमुख डा.विनोद सिँहले जनश्वास्थ्यमा समेत सीरीञ्जको अभाव भएकाले अस्पताल सम्म नआएकोले अभाव भएको बताउनुभयो ।
यता जिल्ला जन श्वास्थ्य कार्यालयले भने एक आपसमा सम्पर्क नभएका कारण एक महिना सम्म पनि अस्पतालमा सिरीञ्ज उपलब्ध गराउन नसकिएको बताएको छ । विसिजि खोपको कमि भएतापनि आज मँगलवार नै अस्पतालमा केहि सिरीञ्ज पठाईसकेको कार्यालय प्रमुख घनश्याम पोख्रेल बताउनहुन्छ । बच्चा लाई टिबि रोग नलागोस भनेर उक्त विसिजि खोप दिईन्छ । तर यस प्रति बेवास्ता गरेको देखिन्छ ।।

प्रकाशित मिति : २०७४ असोज ३१ गते मङ्गलवार
प्रतिक्रिया