तुलसीपुरको बरुवागाउँमा अर्को महोत्सव संचालन हुने

तुलसीपुर, १५ मंसीर । तुलसीपुरमा यहि मंसीर २३ गतेदेखी प्रथम प्रादेशिक फेष्टीबल २०७८ संचालन हुने भएको छ । चन्द्रसुर्य यातायात प्रालि तुलसीपुरले आज तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी मंसीर २३ गतेदेखी २९ गते सम्म व्यापारिक तथा सांस्कृतिक महोत्सव संचालन गर्न लागीएको जानकारी दिएको छ ।

पर्यटन प्रर्वद्धनको विकास गर्ने उद्देश्यका साथ तुलसीपुर ६ बरुवागाउँमा महोत्सव संचालन गर्न लागीएको महोत्सव मुल आयोजक समितिका संयोजक सम्भु रेग्मीले जानकारी दिनुभयो । गत वर्ष नै संचालन गर्ने तयारी भएपनि कोरोना माहामारीले गर्दा स्थगित भएको जानकारी दिदै उहाले यस वर्ष संचालन गर्न लागीएको बताउनुभयो ।

महोत्सवमा सांस्कृतिक प्रतियोगिता,खेलकुद प्रतियोगिता,व्यापारिक स्टल,चर्खे पिङ,बालउद्यान लगाएत अन्य कार्यक्रम तथा प्रर्दशन हुने उहाले जानकारी दिनुभयो । उहाका अनुसार महोत्सवको आर्कषकका रुपमा प्याराग्लाईडिङ हुनेछ ।महोत्सवबाट एक करोड बराबरको आर्थिक कारोवार गर्ने लक्ष्य लिईएको छ भने बचत भएको रकम शैक्षिक क्षेत्रमा लगानी गरिने आयोजकले बताएको छ । चन्द्रसुर्य यातायात प्रालि तुलसीपुरका अध्यक्ष अरुण कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार गणेश आचार्यले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार
प्रतिक्रिया