मंसीर २ गते घरबाट निस्किएका बृद्ध सामुदायिक वनमा मृत भेटिए

सांकेतिक फाईल फोटो

तुलसीपुर, १२ मंसीर । तुलसीपुरको एक सामुदायिक वनमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । फेला पर्नेमा तुलसीपुर १९ छिल्लीकोट बस्ने अन्दाजी ६६ बर्षका रामबहादुर पुन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उहाको शनिवार दिउँसो शव फेला परेको हो । यहि मंसिर २ गते घरबाट निस्किएका पुन झुल्के सामुदायिक वनमा मृत फेला परेको प्रहरीले बताएको छ । घरबाट बाँसको चोयाबाट बनाईएको सामग्री भकारी विक्रि गर्न भन्दै बिजौरीतर्फ गएपनि घर नफर्केपछि उहाको खोजी कार्य सुरु भएको थियो ।

घर परिवारले खोजी कार्य गर्ने क्रममा सामुदायिक वनको चोरकाटे भीरमा मृत भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । उहाको शव भिरमा फेला परेको हुदा बिजौरीबाट घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उहाले जानकारी दिनुभयो । मृतक पुनको शवलाई पोष्टमाटमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याईएको प्रहरीले बताएको छ ।घटनाको बारेमा आबश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार
प्रतिक्रिया