कांग्रेस दाङको तिन सय बढि मतगणना,सभापतिमा डाँगी दोब्बरले अगाडी (कसको कति मत)

सांकेतिक तस्विर

तुलसीपुर, ११ मंसीर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत दाङ जिल्लाको नेतृत्वका लागी भएको निर्वाचनको मतगणना सुरु भएको छ । साढे छ बजेदेखी सुरु भएको मतगणना अहिले सम्म तिन सय बढि मतगणना भएको छ । नेपाली कांग्रेस जिल्ला निर्वाचन समितिका अनुसार तिन सय दुई मतगणना हुदा सभापति पदका उम्मेदवार शंकर डाँगी दोब्बरले अगाडी हुनुहुन्छ । उहाले १३२ मत प्राप्त गर्नुभएको छ भने कमलकिशोर घिमिरेले ४८, जानकीलाल बस्नेतले ४९ र भुव बहादुर डाँगीले ६९ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तैगरी उपसभापतिका लागी सात जना चुनावी मैदानमा रहेका छन् । तिन सय दुई मतगणना हुदा उपसभापतिका उम्मेदवार एकराज आचार्य ३८, कमानसिंह भारतीले ९९, गिरीराज सुवेदीले १४६, प्रदिप कुमार खड्काले ७७, बुद्धिप्रकाश चौधरीको १२८, मिनकेतन चौधरीको ७८ र यज्ञ बहादुर वलीले ८ मत प्राप्त गर्नुभएको छ । यस्तैगरी सचिव पदमा चार जनाले उम्मेदवारी दिएका थिए । जसमा अर्जुनकुमार योगी १७५, कृष्ण प्रसाद सुवेदी १४१, बालिका लम्साल १२४ र सुर्यप्रकास राना १४०, सहसचिव पदका उम्मेदवार राजु आचार्य १७०, लक्ष्मी योगी १४३ , हरि प्रसाद भुसाल १०० र सुवोध कुमार डाँगीले १३८ मत प्राप्त गर्नुभएको समितिले जनाएको छ ।

मतगणना जारी छ । जिल्ला निर्वाचन समितिका अनुसार जिल्लाको नेतृत्वका लागी ५२ पदमा ११७ जनाले मनोनयन दर्ता गराएका थिए ।निर्वाचन समितिका अनुसार सात जना पदाधिकारी, १८ जना समावेशी ,२७ जना पालिकाका र दुई÷दुई जना प्रदेश र संघिय महाधिवेशन प्रतिनिधिका लागी निर्वाचन हुन लागेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार
प्रतिक्रिया