समानुपातिक प्रणालीबाट सुन वितरण हुनुपर्छ :श्रेष्ठ

तुलसीपुर, ११ मंसीर । नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय कोषाध्यक्ष सुदिप श्रेष्ठले सुनचाँदी व्यवसायीहरुले विभिन्न समस्याहरु भोग्नु परेको बताउनुभयो ।बहुमुल्य धातु सुनचाँदीको कारोवार गर्ने व्यवसायीहरुको लागी राज्यले ठोेस निति नबनाउनु र पर्याप्त मात्रामा कच्चा पदार्थ उपलब्ध नगराउदा विभिन्न समस्याहरु झेल्नु परेको उहाको भनाई छ । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपुरले शनिवार तुलसीपुरमा आयोजना गरेको व्यवसायीक भेला तथा एक दिने लेखा सम्बन्धी तालिमको उदघाटन गदै उहाले लाखौँ लगानी गरेर सुनचाँदी व्यवसाय गरे पनि सुरक्षाको ग्यारेन्टी नभएको बताउनुभयो । देशभरका २२ हजार व्यवसायीहरुको थुप्रै समस्यालाई मध्यनजर गदै आफुहरुले महासंघको तर्फबाट विभिन्न समयमा आन्दोलन गदै आएपनि माग पुरा हुन नसकेको उहाले बताउनुभयो ।

 राष्ट्रबैंकले दिदै आएको कोटा प्रणालीलाई हटाएर समानुपातिक रुपमा वितरण गर्नुपर्नेमा उहाले जोड दिनुभएको छ ।कोटा प्रणालीले गर्दा काठमाण्डौ उपत्यका बाहिरका व्यवसायीहरु समस्यामा परेको भन्दै राज्यले समानुपातिक प्रणालीबाट सुन वितरण गरी सहज बनाउनु पर्ने उहाको माग छ ।साथै उहाले हरेक व्यवसायीहरुले दर्ता,प्यान र विल जस्ता प्रक्रियागत रुपमा कारोवार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

संघका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल लेखा परिक्षक संघ दाङका अध्यक्ष ललित घर्तिले व्यवसाय दर्ता, नवीकरण, आयकर प्रणाली, करछुट, लेखा परिक्षण तथा काजगपत्रलाई कसरी व्यवस्थित राख्ने लगाएतका बारेमा प्रशिक्षण दिनुभएको थियो ।सो अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य लोक बहादुर स्वर्णकार, तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघका सल्लाहकारहरु जोगेन्द्र विश्वकर्मा, प्रह्लाद शाह, संघका निवर्तमान अध्यक्ष मदन केसी, घोराही सुनचाँदी व्यवसायी संघका सदस्य डिलाराम सेपाईली, सल्यान सुनचाँदी व्यवसायी संघका अध्यक्ष मेघराज सुनार, संघ तुलसीपुरका सदस्य लिला बहादुर वली लगाएतले बोल्नु भएको थियो ।

संघका उपाध्यक्ष शंकर स्वर्णकारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव तुलसीराम सुनारले गर्नुभएको थियो । कार्यक्रममा तुलसीपुर, घोराही र सल्यानका सुनचाँदी व्यवसायीहरुको सहभागिता रहेको थियो । सो अवसरमा संघका सल्लाहकार जोगेन्द्र विश्वकर्मा, प्रह्लाद शाह, प्रेस सल्लाहकार लक्ष्मण विश्वकर्मा, सदस्यहरु लाल बहादुर वली लगाएतलाई संस्थाको प्रमाणपत्र वितरण गरिएको थियो भने निबर्तमान अध्यक्ष मदन केसी लगाएतका अतिथिलाई मायाको चिनो प्रदान गरिएको संघका कार्यालय सचिव रामचरण गुप्ताले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार
प्रतिक्रिया