दाङमा यात्रुबाहक बस दुर्घटना हुदा २९ जना घाइते

फाईल फोटो

तुलसीपुर, ५ मंसीर । दाङमा यात्रुबाहक बस दुर्घटना भएको छ । लमहीमा भएको बस दुर्घटनामा परी २९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सुर्खेतबाट काठमाडौ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दुर्घटना हुदाँ बसमा सवार २९ जना यात्रु घाइते भएको छ ।

घाइते भएका मधये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ भने अन्य २२ जना सामान्य घाइते भएका छन् । बसको पट्टा भाँचिए पछि अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको लमही अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये ७ जनालाई थप उपचारका लागि बाँके पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार
प्रतिक्रिया