एमाले महाधिवेशनका लागी दाङबाट पाण्डेसहित २५ जना सिफारिस

फाईल फोटो

तुलसीपुर, २७ कात्तिक । नेकपा एमालेको दशौँ महाधिवेशनका लागी दाङबाट २५ जना नेताहरुलाई सिफारिस गर्ने निर्णय भएको छ । नेकपा एमाले दाङको शनिवार घोराही बसेको बैठकले २५ जनालाई महाधिवेशन प्रतिनिधिका रुपमा पठाउने निर्णय गरेको छ । नेकपा एमाले दाङका अनुसार जिल्लाका तिन वटै निर्वाचन क्षेत्रबाट खुल्ला र समावेशीका आधारमा प्रतिनिधि छनोट गरी सिफारिस गर्ने निर्णय भएको छ ।जसमा दाङ निर्वाचन क्षेत्र नम्वर १ बाट खुल्लातर्फ रेवतीरमण शर्मा, राममणि पाण्डे, सहजराम यादवलाई महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ ।

यस्तै महिला तर्फ गंगा चौधरी र सरस्वती गौतमलाई सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नम्वर २ बाट खुल्ला तर्फ टिकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्र केसी, बलिभद्र राना, भेषराज खत्री रहनु भएको छ भने महिलातर्फ तुलसा केसी र हुमा डिसी रहनु भएको छ । दाङ निर्वाचन क्षेत्र नम्वर ३ बाट तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, हुकुम बस्नेत, मनोहर बुढाथोकी,भुवनेश्वर पौडेल, कृष्ण भुसाल, राम मिलन चौधरी रहनु भएको छ भने महिला तर्फ कोमल वली, धनकली चौधरी र माया आचार्य रहनु भएको छ । यस्तै दलित तर्फ जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपाली, मान बहादुर विश्वकर्मा र निर्र्मला विश्वकर्मा रहनु भएको छ ।
सल्यान
खुलातर्फ गोविन्दकुमार पुन, भिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी र तिलक मल्ल तथा महिलातर्फ पुष्पाकुमारी वोहोरा र सञ्चिताकुमारी ओली विसी छनोट हुनु भएको छ भने दलित तर्फ जनक विक रहनु भएको नेकपा एमाले सल्यानले जनाएको छ ।

रोल्पा
खुल्लातर्फ कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार ओली तथा महिलातर्फ जुनमाया बुढा र इश्वरी जिएम छनोट हुनु भएको छ । यस्तै दलित तर्फ रिमा नेपाली छनोट हुनु भएको छ ।

प्यूठान
खुलातर्फ हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज बिष्ट, डिलबहादुर थापा मगर ।

महिलातर्फ  : कमला रिजाल र गोमा रेग्मी ।

दलिततर्फ : झगबहादुर विश्वकर्मा

नेकपा एमालेको दशौँ महाधिवेशन आउदो मंसीर १० देखी १२ गते चितवनमा हुन लागेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २७ गते शनिवार
प्रतिक्रिया