भानु र पारसलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

तुलसीपुर २४असोज

ज्यान मार्ने उद्योगमा पक्राउ परेका भानु र पारसलाई दाङ देउखुरी जिल्ला अदालतले पुर्पक्षका लािग थुनामा राख्न आदेश दिएको छ । लसीपुर उप महानगरपालिका ११निवासी २७ बर्षका भानु बस्नेत र २९ बर्षका पारस हमाललाई इलाका प्रहरी कार्यालय तुलसीपुरले गएको २१ गते पक्राउ गरेको थियो । गत भदौ २१ गते सोही ठाउँको बेलगनार निवासी सुशिल चौंधरी र गणेस कार्कीलाई सुकौरा चोकमा खुकुरी प्रहार गरि गम्भिर घाइते बनाए पछि दुवै जनालाई प्रहरीले ज्यानमार्ने उद्योग सम्बन्धि मुद्दा चलाएको थियो ।

केहि समय यता तुलसीपुर प्रहरीले गुण्डागर्दी नियन्त्रण अभियानलाई तिव्रता दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका  प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७४ असोज २४ गते मङ्गलवार
प्रतिक्रिया