सरिता चलाउने,सल्यान २४ असोज ।
सल्यानको थारमारे, चौरपानी हुदै रुकुमको चौरजहारी पुग्ने सडक खण्ड झन्डै पाँच महिनापछि सञ्चालनमा आएको छ । वर्षातका कारण अवरुद्ध बनेको उक्त सडक वर्षात सकिएको लामो समयपछि आजबाट सञ्चालनमा आएको हो ।
सडकमा खाल्डाखुल्डी तथा पहिरोका कारण अवरुद्ध बनेको सडक कुमाख मालिका गाउँपालिकाले मर्मत गरेपछि आजबाट सञ्चालनमा आएको स्थानीयले बताएका छन् । जेठको दोसो हप्ताबाट अवरुद्ध बनेको सडक सञ्चालनमा आएको हो ।
प्रकाशित मिति : २०७४ असोज २४ गते मङ्गलवार