तुलसीपुरको फुलवारीमा किसानले पालेका झन्डै ३० वटा खशीबाख्रा मरे

फाइल फोटो

तुलसीपुर, १० कात्तिक । दाङको तुलसीपुर १३ फुलबारीमा किसानले पालेका ३० वटा खशीबाख्रा मरेका छन् । स्थानिय छ जना किसानले पालेका ३० वटा खशीबाख्रा मरेको स्थानिय किसान तथा नेकपा एमाले तुलसीपुर १३ वडा कमिटिका सचिव गोविन्द सुवेदीले तुलसीपुर खबरडटकमलाई जानकारी दिनुभयो । उहाका अनुसार हिरामती चौधरीको चार वटा खशी र सात वटा बाख्रा गरी ११ वटा, लाल बहादुर चौधरीको दुई वटा बाख्रा, शान्ता चौधरीको छ वटा बाख्रा, बलविर चौधरीको ४ वटा बाख्रा,मनोज चौधरीको चार वटा बाख्रा र पुर्ण बहादुर चौधरीको दुई वटा बाख्रा मरेको उहाले जानकारी दिनुभयो ।

केहि हप्ता देखी खशीबाख्रामा पखला(डायरिय) हुने गरेको थियो । झन्डै पन्ध्र दिनको अवधीमा उक्त संख्यामा खशीबाख्रा मरेका हुन् । अझै पनि सात÷आठ वटा खशीबाख्रा विरामी परेको पशु सेवा शाखा तुलसीपुरका शाखा अधिकृत सुवास आचार्यले जानकारी दिनुभयो । खशीबाख्रा मरेको भन्ने खबरपाएपछि आफुहरु फुलवारी पुगेर जानकारी लिएको बताउदै उहाले समयमै किसानहरुले पशु उपचारमा ध्यान नदिदा यति धेरै क्षति भएको बताउनुभयो ।

बर्षातको समयमा बाख्रालाई खानपानको कमजोरी,चरणमा भिजेका कारण पखला र ज्वरो आउने जस्ता लक्षण देखीएको उहाले बताउनुभयो । आफुहरुले पिडित किसानहरु संग भेट गरी बाँकी विरामी भएका बाख्राहरुलाई औषधी र परामर्श दिएर फर्किएको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार
प्रतिक्रिया