सल्यानमा जिप दुर्घटनामा परि घाईते सबैको नेपालगन्ज रिफर

सांकेतिक तस्विर

तुलसीपुर, १० कात्तिक । सल्यानमा भएको जिप दुर्घटनामा परि घाईते भएका सबैको थप उपचारका लागी बाँकेको नेपालगन्ज रिफर भएको प्रहरीले बताएको छ । सल्यानबाट नेपालगंजका लागी छुटेको भे १ ज ९३० नम्वरको महेन्द्रा बोलेरो जिप बुधवार विहान सवा नौ बजे धावपानिखोला नजिकै दुर्घटना हुदा १२ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परी जिप चालक बन्गाड कुपिण्डे नगरपालिका ४ बस्ने २४ बर्षिय लाल बहादुर बुढा, सोहि नगरपालिका २ बस्ने ३३ बर्षिय पुर्ण बहादुर बुढा, वडा नम्वर १ बस्ने २९बर्षिय बिशाल बि.क, सोहि ठाउँका ३०बर्षिय ईन्द्र बहादुर चन्द, वडा नम्वर २ बस्ने ३६ बुद्धि थापा, सोहि ठाउँका २१बर्षिया दुर्गा खत्री, ३२बर्षिया लोकमाया पुन, वडा नम्वर ४ बस्ने २९ बर्षिय पिपर बुढा, सिद्ध कमाख ४ बस्ने २१ बर्षिय दिल बहादुर चलाउने, उहाकी श्रीमती २० बर्षिया दुर्गा चलाउने,उहाकी छोरा २ बर्षिया प्रशान्त चलाउने र कैलाली लम्कीचुवा नगरपालिका ३ बस्ने २८ बर्षिय देब बहादुर बस्नेत घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी तथा प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।

घाईते मध्ये तिन जनाको अवस्था गम्भिर रहेको उहाले जानकारी दिनुभयो । उहाका अनुसार बुद्धि थापा, दुर्गा खत्री र लोकमाया पुनको अवस्था गम्भिर रहेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार
प्रतिक्रिया