घोराहीबाट छुटेको बस तुलसीपुरमा पल्टियो, एक जनाको मृत्यु, २१ जना घाइते

तुलसीपुर, ७ कार्तिक । दाङको तुलसीपुरमा यात्रुबाहक बस पल्टिदा सहचालकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० कटुकी निबासी बसका सहचालक २८ बर्षका प्रेम परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । बसले च्यापीएका परियारको उपचारका लागि अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ बटोलपुर निबासी ५० बर्षकी चन्द्रकुमारी चौधरी, तुलसीपुर – १३ निबासी १९ बर्षकी मनिषा विक, सोही ठाउँ निबासी २५ बर्षका किरण नेपाली, तुलसीपुर–६ मोतिपुर निबासी १८ बर्षकी संगिता वली, तल्लो फिल्महल निबासी अल्का वली, तुलसीपुर– १२ निबासी ४५ बर्षकी सरस्वती नेपाली, ४३ बर्षकी सरस्वती विक, तुलसीपुर –७ निबासी ३४ बर्षकी भिमकुमारी विक, जिल्ला रोल्पा गंगादेव गाउँपालिका–७ निबासी ४० बर्षकी बेलमती कामी, गढवा गाउँपालिका–५ निबासी सिताकुमारी चौधरी, तुलसीपुर –१७ निबासी २४ बर्षकी संगिता महर, सोही ठाउँनिबासी ६४ बर्षकी खली नेपाली, धर्म नेपाली, दंगीशरण गाउँपालिका–७ निबासी १८ बर्षकी संगिता भण्डारी, रोल्पाको त्रिवेणी गाउँपालिका –४ निबासी २० बर्षका मनोज विक, तुलसीपुर –१८ निबासी कर्णबहादुर नेपाली रहेका छन् ।

त्यसैगरी अन्य  घाइतेहरुमा   शान्तिनगर गाउँपालिका – ६ निबासी २६ बर्षका वुद्धिराम चौधरी, गढवा गाउँपालिका – ५ निबासी २६ बर्षका अनोज चौधरी, तुलसीपुर –११ निबासी ४० बर्षकी कमला चलाउने तुलसीपुर–१८ निबासी निबासी ६६ बर्षका टोपबहादुर जनईदार, राप्ती गाउँपालिका–२ निबासी १८ बर्षका अशोक चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको उपचारमा संलग्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले जानकारी दिनुभयो ।

घोराहीबाट तुलसीपुर आउँदै गरेको ना६ख ७६३३ नम्बरको बस घोराही तुलसीपुर सडक खण्डको मोतिपुर ओरालोमा ब्रेक फेल भएका कारण अनियन्त्रीत भएर पल्टिएको ट्राफिक प्रहरी कार्यालय तुलीपुरले जानकारी दिएको छ । घटना बेलुकी पौने पाँच बजे भएको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार
प्रतिक्रिया