दाङमा बितेको २४ घण्टामा थप ७ जनामा कोरोना पुष्टि

फाईल फोटो

तुलसीपुर,७ कात्तिक । दाङमा बितेको २४ घण्टामा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २५ जनाको पीसीआर प्ररिक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र घोराही दाङले जानकारी दिएको छ ।

जसमा घोराहीका महिला–पुरुष गरी चार जना,तुलसीपुरका महिला–पुरुष गरी दुई जना र लमहिका एक जना पुरुषमा पुष्टि भएको केन्द्रले जनाएको छ । त्यसैगरी आज २४ घण्टामा ७ जना निको भएका छन भने जिल्लामा संक्रिय संक्रमितको संख्या थप ३१ पुगेको केन्द्रले बताएको छ । बैशाख यता संक्रमित हुनेको संख्या ९ हजार १९० पुगेको छ भने निको हुनेको संख्या ८ हजार ९४५ पुगेको छ । जिल्लामा मृत्यु हुनेको संख्या अहिले २१७ रहेको केन्द्रले जानकारी दिएको छ ।।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार
प्रतिक्रिया