नायक पल शाहसंग अनैतिक सम्बन्ध छैनः गायिका समिक्षा अधिकारी

फाईल फोटो

तुलसीपुर,७ कात्तिक । गायिका समिक्षा अधिकारीले पछिल्लो समय नायक पल शाहसंग जोडिएर आएको समाचारको खण्डन गरकी छन । नायक शाहसंग जोडिएर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले उक्त समाचारहरुको खण्डन गरेकी हुन । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले समाचारमा आएका समाग्रीले चरित्र हत्या गर्न खोजिएको र यस्तो कार्य नगदिर्न समेत सबैमा आग्रह गरेकी छन । यस्तो समाग्रीले नायक शाहको करिअरमा समेत आच पु¥याउन खोजिएको उनको भनाई छ ।

‘एउटै इण्डसट्रीज मा भएको हिसाबले पल जि ले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ जुन माया उहाले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ । मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु।’ उनले फेसबुकमा लेखेकी छन् ‘हामिबिच मा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल एक साथ काम गरिरहेको छौ । राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरुले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले समाचार लेख्दा निकै दुःखी भएको बताएकी छिन ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार
प्रतिक्रिया