सल्यानमा गुडिरहेको बसको टायरले किच्दा घाईते युवकको उपचार हुदै

सांकेतिक तस्विर

तुलसीपुुर,३ कात्तिक । सल्यानमा गुडिरहेको बसको टायरले किच्दा घाइते भएका युवकको नेपालगञ्जमा उपचार भैइरहेको छ । गत असोज ३१ गते बेलुका ७ बजे खलङगादेखि काठमाण्डौ जादै गरेको ना ८ ख ८७५८ नम्बरको बसको टायरले किच्दा त्रिवेणी गाउँपालिका ५ डाँडासल्ले बस्ने १९ बर्षीय देवराज गीरी घाइते हुनु भएको थियो ।

घाइते गिरीको दुई खुट्टा फयाक्चर भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कपुरकोट प्रहरी चेक प्वाइन्ट स्थित शौच गर्न निस्किएको बेला गुड्न थालेको बसमा हतारमा चढ्न खोज्दा बसको टायरले किच्दा खुट्टा फ्याक्चर भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया