तुलसीपुर १६ मा बर्षातले अन्नबालीमा क्षति

फाईल फोटो

तुलसीपुर, ३ कात्तिक । लगातार बर्षातले तुलसीपुर १६ मा पनि क्षति पु¥याएको छ । वडाका २१ टोलमा किसानहरुले लगाएको अन्नबालीमा क्षति पुगेको वडा अध्यक्ष भुव बहादुर केसीले जानकारी दिनुभयो । काटेको धान खेतमा भिजेको छ भने कतिपय धान बगाएको किसानहरुले बताएको उहाले जानकारी दिनुभयो । विघौँ धानखेतीमा बर्षाले क्षति पु¥याएको उहाले बताउनुभयो । यस्तैगरी भरखरै छरेको मसुरो र तोरीमा पनि क्षति पुगेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया