नेपालमा थप ६ जनाको कोरोनाका कारण मृत्यु, ३ सय ९१ जनामा सङ्क्रमण पुष्टि

फाईल फोटो

काठमाण्डौ,३१ असोज । नेपालमा थप ६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये थप ६ जनाको मृत्यु भएको हो । यसअघि, कोरोनाको दोस्रो लहरपछि हिजो १ जनाको मात्रै कोरोनाका कारण मृत्यु भएको थियो । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय ८४ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर थप ३ सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा ८ हजार ७७ कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार ९ सय ६६ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३ सय ८५ र १ हजार १ सय ११ एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ८ लाख ५ हजार ३७ र एन्टीजेन विधिबाट ९३ हजार ३ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ६ सय ८० जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ७ लाख ८१ हजार ४ सय ५६ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार २ सय ९७ रहेको छ ।

प्रकाशित मिति : २०७८ असोज ३१ गते आइतवार
प्रतिक्रिया