आज ७६० जनामा कोरोना पुष्टि,८९९ जना निको

फाईल फोटो

काठमाण्डौ,२३ असोज । पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,१६८ पीसीआर परीक्षणमा ६३६ र ५,८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८९९ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित १५ हजार ३४० जना छन् । तीमध्ये १४ हजार १६८ जना होम आइसोलेसनमा र ११७२ जना होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार
प्रतिक्रिया