विराटनगरमा अवतरण हुन नसकेको बुद्ध एयर त्रिभुवन विमानस्थलमा सफल अवतरण

फाईल फोटो

काठमाण्डौ,११ असोज । विराटनगरमा अवतरण हुन नसकेपछि काठमाण्डौ फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण भएको छ । झण्डै दुई घण्टासम्म आकाशमा घुमेपछि जहाजलाई सुरक्षित अवतरण गराइएको हो ।

जहाजको सामान्य अवतरण भएको र चालक दलका सदस्य तथा सबै यात्रुहरू सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ। बुद्ध एयरकाअनुसार टावरबाट ल्यान्डिङ गियर खुलेको र सुरक्षित तरिकाले अवतरण गर्न सक्ने सुनिश्चित गरिएपछि चालकले जहाज अवतरण गराएका थिए । जहाजमा ७३ यात्रु र चालकदलका ४ सदस्य थिए । बिहान ८ बजेर ३० मिनेटमा विराटनगरका लागि उडेको जहाज ल्याण्डिङ गियरमा समस्या भएपछि काठमाण्डौ फर्किएको थियो ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार
प्रतिक्रिया