दाङ-पोखरा सम्पर्क मञ्चले दियो राहात

तुलसीपुर,१२ असोज । दाङ पोखरा सम्पर्क मञ्चले आज तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा राहत वितरण गरेको छ । वडामा बाढी बाट प्रभावित रहेका १८ घरधुरीलाई राहत वितरण गरेको मञ्चका उपाध्यक्ष माधव न्यौपानले जानकारी दिनुभएको छ । सो अवसरमा १८ घरधुरीलाई प्रति घुरधुरी २५ किलो चामल,१ लिटर तेल,१ किलो दाल र १ किलो चिनि वितरण गरीएको हो । दशैंको नजिकमा राहात पाउदा खुसी भएको उनिहरुले बताएका थिए ।

मञ्चका उपाध्यक्ष माधव न्यौपानेको अध्यक्षता तथा वडा अध्यक्ष चित्र बहादुर वलीको प्रमुख आतिथ्यतामा राहत वितरण कार्यक्रम भएको थियो । सो अवसरमा मञ्चका सह सचिब पुर्णं बस्नेत,कांग्रेसका क्षेत्रिय सचिब खिम बहादुर वली लगायतले बोल्नुभएको थियो । सो कार्यक्रमको सहजिकरण नेविसँघका नेता रोहित न्यौपानेले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७४ असोज १२ गते बिहिवार
प्रतिक्रिया