तुलसीपुरका मेयरद्धारा बिजौरी अस्पतलामा आरोग्यशाला उद्घाटन

तुलसीपुर, ३० भदौ । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा आजदेखि नागरिक आरोग्यशाला संचालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका घनश्याम पाण्डेले उद्घाटन गरेपछि आरोग्यशालाको संचालनमा आएको हो । उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले तुलसीपुरलाई हेल्थसिटीका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय तुलसीपुर क्षेत्रमा स्वास्थ्यले फट्को मारेको भन्दै बिजोरीलाई आयुर्वेद चिकित्सालयको हबकारुपमा विकास गर्ने बताउनुभयो । त्यसैगरी फार्मेशी सेवाको पनि नगर प्रमुख पाण्डेले उदघाटन गर्नुभएको छ ।

कार्यक्रममा नेकपा एमालेका नेता टोपेन्द्र केसी, नेकपा माओवादीका नगर इन्चार्ज रामबहादुर दहित, तुलसीपुर उपमहानगरपालिका–१८ का वडा अध्यक्ष माधव वली, प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निमित्त प्रमुख डा. महेश कुमार खनाल, बिजौरी उद्योगबाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगी, पत्रकार अन्जना चौधरी, बिरामी झसेन्द्र केसी लगाएतले बोल्नु भएको थियो । अस्पताल विकास समितिका अध्यक्ष कृष्णबहादुर बस्नेतको अध्यक्षतमा भएको उदघाटन कार्यक्रमको संचालन लालकृष्ण डाँगीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया