स्वास्थ्य सेवालाई थप चुस्तदुरुस्त बनाउनुहोस : नगर प्रमुख पाण्डे

तुलसीपुर, ३० भदौ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले स्वास्थ्य सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभएको छ । कोरोना माहामारीको संकटको बेला पनि स्वास्थ्यकर्मीहरुले सक्रिय भुमिका निर्वाह गरेकोमा धन्यावाद दिदै नगरप्रमुख पाण्डेले स्थानिय स्वास्थ्य संस्थाले दिने सेवालाई आगामी दिनहरुमा अझ थप शसक्त भएर लाग्न आग्रह गर्नुभयो । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाको आयोजनामा आयोजित दुई दिने पालिकास्तरिय बार्षिक गोष्ठि कार्यक्रमलाई सम्वोधन गदै उहाले यस्तो बताउनुभयो ।

नगरप्रमुख पाण्डेले हरेक स्वास्थ्यकर्मीहरुले आफु कार्यरत स्वास्थ्य संस्थाबाट हालसम्म भएका महत्वपुर्ण कामको समिक्षा गदै आगामी दिनमा गौरवपुर्ण कार्ययोजना तयार गर्न आग्रह गर्नुभएको हो । तुलसीपुर उपमहानगरपालिकालाई स्मार्ट सिटीको अवधारणा अन्र्तगत दिर्घकालिन रणनितिक योजना भित्र समृद्धी तुलसीपुर,सवैका लागी र सधैका लागी भन्ने संकल्प गरे अनुसार स्वास्थ्य क्षेत्रको हवका रुपमा विकास गर्ने लक्ष्य रहेको उहाले बताउनुभयो । यसका लागी हरेक स्वास्थ्यकर्मीहरुले पारिश्रमिकका लागी मात्रै नभई एकिकृत स्वास्थ्य सेवाको भावनाका साथ काम गर्न आग्रह गर्नुभयो ।

तुलसीपुरलाई स्वास्थ्य क्षेत्रका रुपमा नमुनायोग्य बनाउनका लागी सवैको महत्वपुर्ण भुमिका हुने भएकाले कसैले पनि डिउटी पुरा गरे जस्तो नभई सेवा जस्तो हुनुपर्ने उहाको भनाई थियो । स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुरका १९ वटै वडामा रहेका स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले गत वर्षमा गरेका प्रगती प्रतिवेदन प्रस्तुत गर्नेछन् । सोहि अनुसार दुई दिन सम्म समिक्षा गरी आगामी कार्ययोजना तयार गरिने जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया