गाडी दुर्घटना हुदा ९ जना घाइते

सुर्खेत,३० भदौ । सुर्खेतको वीरेन्द्रनगरमा गाडी दुर्घटना हुदा ९ जना घाइते भएका छन । बुधवार बिहान सुर्खेतदेखि जुम्ला जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी दुर्घटना भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार वीरेन्द्रनगरको रेडियो नेपाल चोकमा अनियन्त्रित भए दुर्घटना भएको थियो । दुर्घटनामा घाइतेहरुको प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी लिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया