पहिरो खसेपछि मुग्लिन–नौबिसे सडक बन्द

फाईल फोटो

दाङ, ३० भदौ । पहिरो खसेपछि मुग्लिन–नौबिसे सडक बन्द भएको छ । बुधवार बिहान पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो खसेपछि अहिले कुनै पनि गाडी चलेका छैनन् । अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया