कक्षा १२ को परिक्षा आजदेखी सुरु,दाङमा साढे नौ हजार परिक्षार्थी सहभागी हुदै

तुलसीपुर, ३० भदौ । कोरोना संक्रमणका कारण स्थगित हुदै आएको कक्षा १२ को परिक्षा आज(बुधवार)देखी दाङ सहित देशभर सुरु हुदैछ ।दाङमा भने साढे नौ हजार परिक्षार्थीहरु परिक्षामा सहभागी हुदैछन् ।यस वर्ष दाङका सामुदायिक ४२ र संस्थागत ३२ गरी ७४ वटा विद्यालयका नौ हजार छ सय ५१ जना विद्यार्थीहरु परिक्षामा सहभागी हुन लागेको राष्ट्रिय परिक्षा बोर्ड दाङले जनाएको छ ।

नौ हजार ३१ जना नियमित र छ सय २० जना आंशिकतर्फका विद्यार्थीहरुले परिक्षा दिन लागेको प्रमुख रामलाल खड्काले जानकारी दिनुभयो ।यस पटक विद्यार्थीहरु अध्ययनरत विद्यालयबाट परिक्षा दिने व्यवस्था मिलाईएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया