गैंडाकोटको दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत

दाङ, २९ भदौ । गैंडाकोटमा मंगलवार बिहान बस र ट्रक ठोक्किंदा भएको दुर्घटनामा परि ज्यान गुमाएकाहरुको पहिचान खुलेको छ ।मृत्यु हुनेहरुमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका ८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिवारी रहेको प्रहरीले जनाएको छ ।सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जना गम्भीर, ७ जना मध्यम र १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।गैंडाकोट नगरपालिका १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२(००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किदा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार
प्रतिक्रिया