वन रक्षकका लागि अभ्यास गर्ने क्रममा दाङमा डुबेर युवकको मृत्यु

सांकेतिक फोटो

तुलसीपुर, २७ भदौ । वनरक्षकका लागि बबई नदीमा अभ्यास गर्ने क्रममा एक युवकको डूबेर मृत्यु भएको छ । राप्ती गाउँपालिका–८ पिपरी निबासी १८ बर्षका आशिष चौधरीको दंगीशरण गाउँपालिका–३ झुलुङगे पुल नजिकै बबई नदीमा पौडीने क्रममा डूबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

मृतक युवक शुक्रबार दंगीशरणमा रहेको साथीको घरमा गएका थिए । “वनरक्षकका लागि फर्म भरेको रहेछन् । त्यसका लागि रुखमा चढ्नुपर्ने र खोला तर्नुपर्ने रहेछ ,” डिएसपी अर्यालले भन्नुभयो –“साथी संग मिलेर नदीमा पौडीखेल्ने क्रममा डुबेर मृत्यु भए छ ।”
शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया