कालिमाटीका कृषक वेमौषमी तरकारीमा आकर्षित

हिमाल शर्मा ,सल्यान ८ असोज । कालीमाटी गाउँपालिकाका कृषकहरु वेमौषमी तरकारी तर्फ आर्कषित हुन थालेका छन । थोरै लगानी र कम जमिनमा मनग्य आम्दानी गर्न सकिने भएपछि कृषकहरु बेमौषमी तरकारी तर्फ आकर्षित हुन थालेका हुन् । मौषमी खेती भन्दा बेमौषमी तरकारी खेती गर्दा तरकारीले राम्रो मुल्य पाउने र बजारको पनि अभाव नहुने गरेको कालिमाटी गाउँपालिका वडा न २ की कृषक खुमा भण्डारी पंगालीले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो विगतमा वर्षहरुमा त हामीले मौषमी तरकारी खेती गर्दै आई रहेका थियौ, बजारमा मुल्य नहुँदा घाटा खाएर भएपनि बिक्रि गर्न बाध्य हुँन्थ्यौ , तर दलित विकास समाज सल्यानद्धारा सञ्चालित पहल नामक कार्यक्रमले बेमौषमी तरकारी खेती सम्बन्धि जानकारी दिएपछि शोही अनुसार खेती गर्दा निकै फाइदा भएको छ ।

मौषमी तरकारी खेती गर्दा विगतका वर्षमा वर्षभरीमा ५०÷६० हजार आम्दानी लिन पनि निकै गाह्रो हुन्थ्यो तर वेमौषमी तरकारी खेती गर्न थालेपछि एक वर्षको बिचमा सबै खर्च कटाएर २ लाख आम्दानी भएको पंगालीले बताउनु भयो । १ रोपनी तरकारी खेतीबाट सुरु गर्नु भएकी पंगालीले हाल आएर ७ रोपनी क्षेत्रफलमा बेमौषमी तरकारी खेती गर्दै आउनु भएको छ ।

मौषमी खेती भन्दा बेमौषमी तरकारी खेतीमा निकै फाइदा हुँदो रहेछ उहाँले बताउनु भयो । उहाँले भन्नु भयो बेमौषमी तरकारी खेती गर्दा रोगकिराको संक्रमण धेरै देखिने रहेछ तर विभिन्न जैविक विषादीको प्रयोग गरी एक रोपनीबाट सुरु गरेको तरकारी खेती अहिले आएर ७ रोपनीसम्म पु¥याउन सफल भएकी छु ।
यस्तै बेमौषमी तरकारी खतिवाट राम्रो आम्दानी गर्दै आएको कालीमाटी गाउपालीका वडा नं. २ का कृषक पुर्ण प्रसाद खनाले वताउनु भयो । उहाँले भन्न्नु भयो पहिले आफुले आम्दानीको स्रोत भनेको गाउमा नभई भारतको सिम्ला थियो , आफनो गाउँठाउलाई वास्ता नगरी घर छोडेर जानु परेको थियो तर पहल कार्यक्रमले गाउँमै बसेर पनि राम्रो आम्दानी लिन सकिने सिकाएपछि तरकारी खेती तर्फ लागेको हुँ , यहि तरकारीखेतीबाट आजभोली मैले ५ जनाको परिवार पाल्दै आइरहेको छु ।नेपालका युवाहरु वैदेशीक रोजगारीको लागी विदेश पलायन भैरहेको वताउदै उहाँले आफ्नै गाउमा पनि पसिना बगाउन सक्ने हो भने सुन फलाउन सकिने भनाई रहेको छ ।

यस्तै सोही गाउँ निवासी ६४ वर्षिया इन्द्रलाल भण्डारीले पनि आफनो आम्दानीको सा्रेत पहिले विदेश भएको वताउदै घर परिवारलाई छोडेर कालापहाड जादै आफनो घर व्यवहार चलाएकोले अहिले आफनै घरमा उत्पादन गरेका तरकारीनै आम्दानीको स्रोत भएको वताउनु भयो । उहाले भन्नु भयो आफनो घरमै पहल कार्यक्रम संचालन भएपछि सवै गाउका कृषकहरु आत्मनिर्भर मात्र नभई राम्रो आम्दानीको स्रोतको वाटो पहल कार्यक्रमे ल्याईदिएको उहाँले वताउनु भएको छ ।

संकटासन्न अवस्थामा रहेका समुदायहरुको आर्थिक स्थितिमा सुधार ल्याउनका लागि कृषि, लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीले बताउनु भयो । गरिबिको रेखामुनी रहेका समुदायलाई छोटो समयमा आर्थिक रुपमा आत्मनिर्भर गराउन बेमौषमी तरकारी खेती निकै प्रभावकारी मानिएकाले किसानहरुलाई बेमौषमी तरकारी खेती तर्फ जोड दिइएको नेपालीले बताउनु भयो ।

प्रकाशित मिति : २०७४ असोज ८ गते आइतवार
प्रतिक्रिया