प्राज्ञिक विद्यार्थि परीषद्को दशैं मिलन

तुलसीपुर,७ असोज । प्राज्ञिक विद्यार्थि परीषद् नेपाल तुलसीपुर उपमहानगर समितिले दशैैं तथा दिपावलीको शुभकामना आदान प्रदान गरेको छ । समितिका सचिब सिसिर रावतको अध्यक्षाता तथा अध्यक्ष टेकन कडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले जिवनउपयोगि शिक्षाको आवस्यकता रहेको औंल्याएका थिए ।

प्राज्ञिक परीषद्का श्रद्धा बस्नेत,प्रेम लामिछाने,अञ्जना रीजाल,पदम भण्डारी,विन्दु भण्डारी लगायतले बोलेका थिए । परीषद्का सदस्य करण खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण ज्ञानज्योति कलेज ईकाई सचिव पुरुषोत्तम पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ असोज ७ गते शनिवार
प्रतिक्रिया