तुलसीपुर ५ रानीजरुवामा सयपत्री दोहोरी घर संचालनमा

तुलसीपुर, ५ भदौ । तुलसीपुर ५ रानीजरुवा स्थित स्वर्गद्धारी टोलमा सयपत्री दोहोरी घरको उदघाटन गरिएको छ ।स्थानिय कला र प्रतिभालाई उजागर गदै लोक संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ शनिवार एक कार्यक्रमका बिच दोहोरी घरको उदघाटन गरिएको हो ।दोहोरी घर संचालक दिपक वलीको अध्यक्षता एवं वडा अध्यक्ष बिरेन्द्रकुमार शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।सोहि अवसरमा बोल्दै वडा अध्यक्ष शाहले गित संगित भनेको आम नागरिकको सुखदुख विर्साउने क्षेत्र भएको बताउनु भएको छ ।त्यसकारण लोक संस्कृतिलाई संरक्षण र जगेर्ना गर्न आबश्यक रहेको उहाले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष शाहले अर्को प्रसंगमा बोल्दै वडाले जनताको चाहाना र भावना अनुसार काम गरेको बताउनुभयो । वडामा जनप्रतिनिधि भएर आईसकेपछि बजार व्यवस्थापन देखी हरेक विकास निर्माणमा महत्वपुर्ण काम गरेको उहाको भनाई थियो ।कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले दोहोरी गित बाट पनि लोक संस्कृतिलाई जगेर्ना गर्न ग मद्दत पुग्ने बताएका थिए । दोहोरि घरका व्यवस्थापक ईश्वर बिसिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दोहोरी घर संचालनका लागी सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको हो ।

कार्यक्रमको सहजीकरण मदन मुस्कानले गर्नु भएको थियो । दोहोरी घरले नयाँ कलाकार जन्माउने ,लुकेका प्रतिभालाइ बाहिर ल्याउने, गरिबदुखी सहयोग गर्ने उद्देश्य रहेको संचालक वलीले जानकारी दिनुभयो ।हरेक हप्ताको शनिवार दिउँसो १ बजे प्रत्यक्ष दोहोरी गित आयोजना हुने र सोमबार साँझ ६ बजे सयपत्री दोहोरी घरको युटुब च्यानलमा हेर्न सकिनेछ ।

प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार
प्रतिक्रिया