तुलसीपुर,२ असोज । तुलसीपुर १३ मा रहेको जनज्योती मावि तुहिरनियापुरका बाढीपिडित विद्यार्थिहरुलाई शैक्षिक सामग्रि वितरण गरिएको छ । विद्यालय र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको सयुक्त आयोजनामा विद्यालयमा एक कार्यक्रमको आयोजना गरी १३ जना वाढीपिडित विद्यार्थीहरुलाई विद्यालय पोसाक,जुत्ता र शैक्षिक सामग्री वितरण गरीएको विद्यालयका प्रधानाध्यापक प्रकाश भट्टराईले बताउनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुम बहादुर नेपालीको अध्यक्षता एवं वडा नं. १३ का वडा अध्यक्ष डम्वर बहादुर न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा महिला सामुदायिक सेवा केन्द्रको तर्फबाट झोला वितरण गरीएको थियो । सो अवसरमा जुनियर रेडक्रस सर्कलमा आबद्ध विद्यार्थीहरुले सडक नाटक प्रर्दशन गरेका थिए ।
यसैविच मा.वि. रनियापुरमा दशै मिलन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका शिक्षक कासीराम खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष परियारले गर्नु भएको थियो ।।