उरहरीमा जुनियर रेडक्रस सर्कलको पुर्नगठन

तुलसीपुर,२ असोज । तुलसीपुर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा जुनियर रेडक्रस सर्कलको पुर्नगठन गरीएको छ । विद्यार्थि यज्ञ बहादुर घर्तिकोे अध्यक्षता तथा प्रधानाध्यापक पदम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सर्कलको पुर्नगठन गरिएको हो । जसअन्र्तगत अध्यक्षमा सपना वली चयन भएकि छिन ।

उपाध्यक्षमा प्रकस बस्नेत,सचिबमा यज्ञ घर्ति,सह सचिबमा रचना कुसारी,कोषाध्यक्षमा विवेक खड्का र सह कोषाध्यक्षमा निजास बस्नेत रहेका छन । सदस्यहरुमा मुना बुढाथोकि,विज्ञान वावुमल्ल,प्रदिप खनाल , खिमला पुन, अस्मिता चौधरी रहेका छन । सर्कलको संरक्षकमा प्रधानाध्यापक पदम प्रसाद न्यौपाने रहनुभएको छ ।

यस्तै सल्लाहकारमा शिक्षकहरु थानेश्वर आचार्य,गोमावालन क्षेत्रि र नारायण प्रसाद भण्डारी रहनुभएको छ । सो कार्यक्रमको सहजिकरण शिक्षक नायक शुस्मा भण्डारीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७४ असोज २ गते सोमवार
प्रतिक्रिया