महिलालाई सामाजिक समावेशिकरण बारे तालीम

 

तुलसीपुर,२ भदौ । राप्ती गाउपालिकाको सिसहनियामा मानव अधिकार र सामाजिक समावेशिकरण सम्वन्धी ३ दिने तालिम सुरु भएको छ । दलित महिला सँघ दाङको आयोजना ,एनसिडिसिको सहयोग तथा गाउपालीकाको समन्वयमा तालीम सुरु भएको हो । सँस्थाका कार्यक्रम सँयोजक पोषण सेन्चुरीको अध्यक्षता तथा वडा नम्बर ५ वडाध्यक्ष गोर्वधन रावतको प्रमुख आतिथ्य एंव दलित जनप्रतिनिधि शारदा परियारको विशिष्ठ आतिथ्यमा तालीमको आज उद्घाटन भएको हो ।

तालीममा सामाजिक समोवेशिकरण, स्थानिय तहमा सेवा लिने र दिनेले निर्भाह गनुपर्ने भुमिकाका बारेमा प्रशिक्षण दिईने प्रशिक्षक निर्मल नेपालीले बताउनुभएको छ । तालीममा श्वास्थ कार्यालय,इलाका प्रहरी भालुवाङ, महिला विकास कार्यालय, पशु र स्थानिय तहका महिला कर्मचारीको सहभागिता रहेको छ । तालीम उद्घाटनको सहजिकरण कार्यक्रम संयोजक सन्तोष चनाराले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ असोज २ गते सोमवार
प्रतिक्रिया