इङ्ग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डले आर्सनललाई हरायो

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलको उद्घाटन खेलमाा ब्रेन्टफोर्डले आर्सनललाई २–० गोल अन्तरले हराएको छ । गएराति एक बजे भएको खेलमा ब्रेन्टफोर्डले आर्सनलाई २–० गोल अन्तरले हराएको हो ।

ब्रेन्टफोर्डका लागि २२ औँ मिनेटमा सेर्गी कानोस र ७३ औँ मिनेटमा क्रिश्चियन नोगार्डले गोल गरेका हुन् । एलेक्सान्डर लाकाजेटी र पिएर–एमरिकबिना मैदानमा रहेको आर्सनल कमजोर देखिएको थियो ।

घरेलु मैदान ब्रेन्टफोर्ड सामुदायिक रङ्गशालामा भएको खेलमा ब्रेन्टफोर्डले बलियो टिममाथि शानदार जित निकालेर प्रिमियर लिग यात्रा थालेको हो ।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार
प्रतिक्रिया