प्रधान सेनापतिको कार्यभार बुझबुझारथ (फोटो फिचर)

तुलसीपुर, २५ साउन ।  प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले आफ्नो ४१ वर्ष लामो सैनिक सेवा एवं प्रधान सेनापतिको ३ वर्षे कार्यकाल मिति २०७८ भाद्र २४ गते पुरा हुनु भन्दा पहिला एक महिना घर विदा बस्ने प्रचलन अनुरुप मिति २०७८ श्रावण २६ गतेबाट घर बिदा बस्नु हुने भएकोले उहाँले सम्हाली आउनु भएको प्रधान सेनापतिको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ श्रावण २६ गतेबाट कायममुकायम प्रधान सेनापति सम्हाल्ने अख्तियारी प्राप्त गर्नु भएका बलाधिकृत रथी श्री प्रभुराम शर्मालाई आज मिति २०७८/०४/२५ ‍गते जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच बुझबुझारथ गर्नु भएको छ ।

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार
प्रतिक्रिया