एमालेका सांसदद्वारा सरकारको आलोचना

काठमाण्डौ, १९ साउन । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले दार्चुला घटना र खोपको विषयलाई लिएर सरकारको आलोचना गरेको छ । प्रतिनिधि सभाको शुन्य समयमा बोलेका प्रमुख प्रतिपक्षका सांसदहरुले दार्चुला घटनामा सरकार मौन बसेको आरोप लगाएका छन् । उनीहरुले भारतका विरुद्ध सरकार बोल्न नसकेको र भारतको लागि सजिलो बनेको भन्दै आपति जनाएका छन् ।

सांसद भुमि प्रसाद त्रिपाठीले दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्नुभयो । अर्का सांसद महेश बस्नेतले काँग्रेस नेतृत्वको सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाउनुभयो । त्यस्तै सरकारले खोपको दुरुपयोग गरेको आरोप पनि लगाउनुभयो ।

प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया