कायममुकायम प्रधानसेनापतिमा शर्मा नियुक्त

काठमाण्ठौ, १७ साउन । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिमा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई कायममुकायम प्रधानसेनापति नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २५ गते सकिने भएकाले साउन २५ गतेदेखि घर बिदामा बस्दै हुनुहुन्छ ।थापा घर बिदामा बस्न लाग्नुभएकाले जेष्ठताका क्रममा रहनुभएका शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरी कायममुकायम नियुक्त गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको हो ।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार
प्रतिक्रिया