चिन र जापानबाट ३२ लाख डोज खोप ल्याउदै

काठमाण्डौं १७ साउन । सरकारले कोभिड नियन्त्रणका लागि सय दिने योजना तयार पार्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले यस्तो योजना सुनाउनुभएको हो । उहाँले एक साताभित्रै ३२ लाख डोज खोप ल्याउने बताउनुभएको छ ।

जसमा १६ लाख चीनबाट र बाँकी १६ लाख जापानबाट आउने भएको छ । त्यस्तै ४० लाख डोज फाइजर खोप खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभयो । आजको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारी लगायत सहभागी रहनुभएको थियो ।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार
प्रतिक्रिया