अव्यस्थित ढेब्ली नहटाए हामी हटाउँछौँ :अटो व्यवसायी

तुलसीपुर, १६ साउन । तुलसीपुर उपमहानगरपालिका कार्यालयले बसपार्क क्षेत्रमा अव्यस्थित रुपमा राखीएका ठेला, गाडा र घुम्ति ढेब्ली हटाउन भनेको पाँच दिन वितिसक्दा पनि अझै हटाईएको छैन । कार्यालयले गएको आईतवार एक सार्वजनिक सुचना जारी गदै नयाँ बसपार्क स्थित पिपलबोट देखी पातुखोला पुल सम्म अनाधिकृत रुपमा राखीएका ठेला, गाडा र घुम्ति ढेब्ली तिन दिन भित्र हटाउन भनेको थियो ।तर सुचना जारी गरेको पाँच दिन अर्थात शुक्रवार सम्म पनि ती व्यापार व्यवसाय हटाईएको छैन ।

कार्यालयले तोकेको मिति भित्र नहटाए बल प्रयोग गरी बस्तु तथा सामग्री जफत गर्ने भनेता पनि त्यसो समेत हुन नसकेको तुलसीपुर बजार क्षेत्रका अटो व्यवसायीहरुले बताएका छन् ।आफुहरुको पार्किङ स्थलमा समेत व्यापारीक पाँच वटा ढेब्ली राखीएको हुदा तुलसीपुर उपमहानगरपालिकाले नहटाए आफुहरुले हटाउने उनीहरुले चेतावनी दिएका छन् । शुक्रवार सम्म पनि अव्यवस्थित रुपमा राखीएका ढेब्लीहरु शुक्रवार सम्म नहटाएको बताउदै उनीहरुले आईतवार सम्म पनि नहटाए आफुहरुले ढेब्ली हटाउने उनीहरुले बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका संगको समन्वयमा २०७३÷७४ देखी बसपार्क देखी उत्तर तर्फ अटो,टेम्पो पार्किङ हुदै आएकोमा अहिले एक्कासी पाँच वटा ढेब्ली राखीएको भन्दै यसलाई तत्काल हटाउन उनीहरुले माग गरेका छन् ।तुलसीपुर बजार क्षेत्रमा विगत देखी नै अटो,टेम्पो पार्किङको समस्या हुदै आएको छ । अटो पार्किङ व्यवस्थित नहुदा अव्यवस्थित पार्किङले सडक साघुरो हुनुको साथै दुर्घटनाको जोखिम समेत बढेको छ ।

तुलसीपुर उपमहानगरपालिकाले जारी गरेको सुचना

अटो व्यवसायीहरुले जारी गरेको विज्ञप्ती

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार
प्रतिक्रिया