न्यायलयलाई स्वच्छ र निष्पक्ष बनाउनुपर्छ : दवाडी

तुलसीपुर, १५ साउन । उच्च अदालत तुलसीपुरका कायम मुकायम मुख्य न्यायधिस ऋषिराज दवाडीले न्याय सम्पादन स्वच्छ र निष्पक्ष हुनुपर्ने बताउनुभयो । अदालत,बार र सरकारी वकिल तथा कर्मचारीबाट हुने जुनसुकै न्याय सम्पादन स्वच्छ र निष्पक्ष हुनुपर्ने उहाले बताउनुभयो । पिडितलाई उचित न्याय र न्यायका लागी जनताको सहज पहुँचको व्यवस्थापन गर्नु नै कानुन व्यावसायीको दायीत्व र कर्तव्य भएको पनि उहाले बताउनुभयो ।उच्च अदालत बार एसोसियसन तुलसीपुर दाङको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभयो । कानुन व्यवसायी , अदालत तथा बारको सहकार्य र समन्वयबाट मात्रै पिडितलाई सच्चा न्याय दिलाउन सकिनेमा उहाले जोड दिनुभयो ।

न्यायपालिका संवेदनशिल र महत्वपुर्ण क्षेत्र भएकाले न्याय सम्पादनमा जहिले पनि विश्वसनिय तथा न्यायोचित हुनुपर्ने कायम मुकाय मुख्य न्यायधिस दवाडीले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका दवाडीले पिडितलाई न्यायको अनुभुती हुने गरी कानुन व्यवसायीहरुले न्याय सम्पादन गर्नुपर्ने सुझाव दिनुभयो । यसका लागी अदालत,बार र बेन्च सधै निष्पक्षतामा ध्यान दिन आवश्यक रहेको उहाले बताउनुभयो । सो अवसरमा बोल्ने अन्य बक्ताहरुले न्यापालिकामा देखीएको विकृति र विसंगतीलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।भरखरै सार्वजनिक भएको प्रतिवेदनमा न्यायपालिका माथी आशंका पैदा भएको भन्दै उनीहरुले नागरिकको विश्वासलाई सधै उच्च राख्ने गरी न्याय सम्पादन गर्नुपर्ने बताएका छन् ।
पद हस्तान्तरण तथा सपथ ग्रहण
उच्च अदालत बार एसोसियसन तुलसीपुर दाङको नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको छ । बारको गत साउन ८ गते सम्पन्न भएको पाचौँ साधारण सभाले ९ गते सर्वसम्मत पदाधिकारी चयन गरेको थियो । एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृत मोहन धितालले सपथ ग्रहण गराउनु भएको हो ।बारका नवनिर्वाचित अध्यक्ष पुस्कर बहादुर भण्डारी, उपाध्यक्ष सुनिल धिताल, सचिव मधुसुधन गौतम, कोषाध्यक्ष प्रकास रेग्मी, सदस्यहरु विष्णुमणि धिताल, विणु श्रेष्ठ, गोकर्ण खत्री, श्रीराम चौधरी र भागवत रेग्मी सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत धितालले जानकारी दिनुभयो ।

यस्तैगरी पार्सदमा शालिकराम रेग्मी, अरण कुमार आचार्य र भुवनेश्वर शर्मा चयन हुनु भएको छ ।नवनिर्वाचित पदाधिकारीलाई उच्च अदालत तुलसीपुरका कायम मुकायम मुख्य न्यायधिस ऋषिराज दवाडीले प्रमाणपत्र प्रदान गदै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो ।बारका निर्वतमान उपाध्यक्ष गोकर्ण खत्रीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण निवर्तमान सचिव सुनिल धितालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार
प्रतिक्रिया